Breaking News

सदरमुकाममा नापी कार्यालय पछाडी बम भेटियो

बालकृष्ण शर्मा रुकुम

सदरमुकाम खलंगामा रहेको जिल्ला नापी कार्यालयको हाताभित्र

शक्तिशाली बम भेटिएको छ । नजिकै रहेको त्रिभुवन जनता उच्च

माध्यामिक विद्यालयको प्राङ्गनमा खेलीरहेका बालबालिकाले ८१ एम.एम.को

शक्तिशाली वम भेटाएका हुन् । नापी कार्यालयसँगै रहेको विद्यालय भवन

निर्माण स्थलमा खेलीरहेका उनीहरुले विद्यालयको निर्माणाधिन जगमा वम

फेला पारेको बताएका छन् । विद्यालयको जगबाट बाहीर निकाली वम खे

लाइरहेका बालबालिकाबाट अभिभावकले वम खोसेर प्रहरीलाई खवर गरेका

हुन् ।

वमलाई जिल्ला प्रहरी कार्यालयले नेपाली सेनालाई जिम्मा लगाएको

छ । वम फेला परेदेखि नै जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरिक्षक

निराजन थापा नेतृत्वको टोलीले वमलाई पहरा दिएको थियो । वमलाई

निस्कृय पार्न नेपाली सेनाको दि महिन्द्रा दल गणको जिम्मा लगाइएको

प्रहरी निरिक्षक थापाले जानकारी दिए । नेपाली सेनाको बम डिस्पोजल टो

लीले सो बमलाई निष्कृय पारेको छ । यस अघि पनि पटक पटक सो क्षेत्रमा

बमहरु फेला पदै आएका छन ।

No comments