Breaking News

बाजुराको बिच्छ्या गाविसका जनता जडिबुटी संकलनमा व्यस्त

कृष्ण, बैशाख |
बाजुरा जिल्लाको अति विकट गाविस बिच्छ्याका स्थानीयासी जडिबुटी संकलनमा व्यस्त भएका छन् । आय आर्जनको प्रमुख स्रोतको रुपमा रहेको जडिबुटीको मौसम सुरु हुनासाथ स्थानीय लेकमा पाइने जडीबुटी संकलनमा उनीहरु जुटेका हुन् ।


गर्मी यामको सिजनमा पाइने बहुमुल्य जडिबुटी यास्रागुम्बा हत्ताजडी चिराइतो च्याउ सतुवा समयो गुच्चीच्याउ सिल्पाडी पदमचारो लगायत विभिन्नजातका जडिबुटीहरु संकलनमा निकै व्यस्त भएका छन । हिमाली भेगका कारण खेती योग्य जमिन नहुँदा बिच्छेयाबासीले जडिबुटि बेचेरै आफ्नो दैनिक जीवन चलाउने गरेका छन् । जडिबुटी संकलनमा युवा युवती बालबालिका शिक्षक महिला वृद्धवृद्धा समेत बनमा जाने भएका कारण गाविसका अधिकांश विद्यालयहरु बन्द भएका छन् । सरकारले प्रतिवन्धीत गरेका जडिबुटी पनि उनीहरुले संकलन गरी अबैध रुपमा विकि्र गर्ने गरेको स्थानीयले बताएका छन् ।
अधिकांश जडिबुटी राज्यलाई कर नतिरेर ठेकेदारहरुले तस्करी गरेर हुम्ला हुँदै चीन लैजाने गरेको उनीहरुको भनाइ छ । उनीहरुले जडिबुटीबाट बर्षमा एक लाख देखि तीन लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । जिल्लामा १ सय २५ बढी प्रजातिका जडीबुटी पाइने भएपनि २४ प्रजातिका जडीबुटी संकलन तथा निकासीकालागि अनुमति दिइएको जिल्ला बन कार्यालयले जनाएको छ ।

No comments