Breaking News

रुससंगको सम्बन्ध पुष्टि गर्न नसक्दाको बखेडा

अमेरिका, पुस । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूलाई असक्षम राष्ट्रपतिका रुपमा चर्को आलोचना
गरिएको पुस्तक ‘फायर र फ्युरी’ तथ्यमा आधारित नभई कथा जस्तो भएको आरोप लगाउनुभएको छ ।

आफ्नो कटु आलोचना गरिएको पुस्तक सार्वजनिक भएपछि ट्वीटरमा राष्ट्रपति ट्रम्पले आफ्नो मानसिक स्थिरता आफ्नो सबैभन्दा ठूला सम्पत्ति मध्येको एक भएको र आफू एक ‘स्थिर प्रकृतिको प्रतिभाशाली व्यक्ति’ भएको दाबी गर्नुभएको छ ।

राष्ट्रपतीय चुनाबमा रुससँग जोडिएका अनुसन्धान पूर्णरुपमा असत्य साबित भएपछि विपक्षी डेमोक्रयाट्स पार्टीले आफ्नो मानसिक अवस्थाबारे प्रश्न उठाएको पनि बताउनुभयो । त्यसअघि ’फायर र फ्युरी’ पुस्तकका लेखक माइकल उल्फले आफ्नो पुस्तकले राष्ट्रपतिलाई पदत्याग गर्न बाध्य पार्ने दावी गर्नुभएको थियो । पुस्तकमो ट्रम्पको मानसिक अवस्थाप्रति नै प्रश्न उठाउँदै उहाँ पूर्णतः विफल भएको दाबी गरिएको छ ।

पुस्तकमा ट्रम्पको चुनावी टोली नै उहाँको जितबाट आश्चर्यचकित भएको, ह्वाइटहाउसका कमर्चारीले ट्रम्पको मानसिक स्वास्थ्य बिंग्रदै गएको भनेको जस्ता प्रसंग समेटिएका छन् ।

तर ट्रम्पले आफ्नो मानसिक स्थिरता र आफ्नो चनाखोपन आफ्नो जीवनका दुई ठूला सम्पत्ति भएको उल्लेख गर्नुभएको छ । ट्रम्पका वकीलहरुले ’फायर एण्ड फ्युरी’ शीर्षकको पुस्तक प्रकाशनमा रोक लगाउने कोसिस गरेका थिए । शुक्रवार सार्बजनिक भएको त्यो पुस्तक धेरै संख्यामा विक्री भइसकेको खबरमा उल्लेख छ । 

No comments